पार्टीको आन्तरिक विवाद समाधानका सन्दर्भमा लामो समयपछि सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) बीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीलाई भेट्न प्रचण्ड बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् ।
दुई नेताबीच पार्टीको आन्तरिक विवाद समाधानका विषयमा छलफल भइरहेको जनाइएको छ ।