नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’बीचको वार्ता सकिएको छ ।
आज विहीबार प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीसँगको भेटवार्ताका लागि प्रचण्ड बालुवाटार पुगेका थिए ।
दुई अध्यक्षबीच केहि दिनको अन्तरालपछि भएको छलफल सकारात्मक रुपमा अघि बढेको बताइएको छ ।
‘आज समाधानउन्मुख छलफल भएको छ,’ प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले नेपालखबरसँग भने, ‘थप छलफल जारी राख्ने सहमति पनि भएको छ।’
यसअघि साउन १८ गतेदेखि तीन दिन लगातार ओली र प्रचण्डबीच वरिष्ठ नेता झलनाथ खनाल र स्थायी कमिटी सदस्य सुवाचन्द्र नेम्वाङसहित छलफल भएको थियो । तर उक्त छलफलमा कुनै निष्कर्ष भने निस्किएको थिएन ।
गत साउन २१ गते अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले सीमित पत्रकारलाई बोलाएर भेला गरेपछि दुई अध्यक्षको छलफल रोकिएको थियो ।
प्रधानमन्त्री ओलीले बुधबार एपी वन टेलिभिजनको टकशोमा आफूहरुले पाँच दिनभित्रै विवाद सुल्झाउने दाबी गरेका थिए ।