logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना कहर : विज्ञहरूका सल्लाह र सरकारको निर्देशन अनुरूप तीज मनाउन प्रधानमन्त्रीको आग्रह


अंकुरण खबर
1.859K
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले तीज पर्व मनाउदा आफ्नो जीवन रक्षालाई उच्च महत्व दिन अनुरोध गरेका छन् ।

सामाजिक संजाल मार्फत तीजको शुभकामना दिदै प्रधानमन्त्री ओलीले कोरोना महामारीले सिर्जना गरेको कष्टकर परिस्थितिका बीच मनाउनु पर्ने अवस्था आएको बताएका हुन् ।

उनले यस बर्षको तीज विगतमा जस्तो भेटघाट, नाचगानम रमझम र उल्लासको अवस्था नरहेको भन्दै विज्ञहरूका सल्लाह र सरकारको निर्देशन अनुरूप नै सामाजिक व्यवहार गर्न आग्रह गरेका छन् ।

यस बर्षको तीज कोरोना महामारीले सिर्जना गरेको कष्टकर परिस्थितिका बीच मनाउनु परेको छ । त्यसैले  विगतमा जस्तो भेटघाट, नाचगान, रमझम र उल्लासको अवस्था  छैन ।

विज्ञहरूका सल्लाह र सरकारको निर्देशन अनुरूप नै सामाजिक व्यवहार गर्न मेरो आग्रह छ ।

महामारीले सिर्जना गरेको सीमाभित्र रहेर तीज पर्व मनाउन र आ-आफ्नो जीवन रक्षालाई उच्च महत्त्व  दिन म सबैमा विशेष अनुरोध गर्दछु ।