logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भेटघाट गर्न सकिने अवस्था नभएकोले घरमै तीज मनाउन राष्ट्रपति भण्डारीको आग्रह


अंकुरण खबर
767
Shares

हरितालिका तीजमा राष्ट्रपति विद्यादेवी भण्डारी पशुपतिनाथको दर्शनको लागि नजाने भएकी छन् ।

हरेक वर्ष तीजमा राष्ट्रपति पशुपति पुगेर दर्शन गर्ने परम्परा रहेकोमा यसपटक कोरोना भाइरसको महामारीका कारण उनी जान नसक्ने राष्ट्रपति कार्यालयले जनाएको छ ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसको महामारीबाट जोगिन सरकारले लागू गरेका स्वास्थ्यसम्बन्धी नियमको पालना गर्दै तीज पर्व मनाउन आग्रह गरेकी छन् ।

तीज पर्वको अवसरमा शुभकामना सन्देश दिदै राष्ट्रपति भण्डारीले मौलिक संस्कृति र परम्परालाई संरक्षण तथा प्रवर्द्धन गर्ने गरी चाड मनाउन आग्रह गर्दै यो वर्ष भेटघाट र जमघट गर्न सकिने अवस्था नभएकोले घरमै मनाउन आग्रह गरिन् ।