logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना कहर : चिकित्सक र स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्नेलाई कारवाही गर्न तरुण दलको माग


अंकुरण खबर
1.144K
Shares

नेपाल तरुण दलले कोरोना संक्रमण महामारीको बेला अग्रपंक्तिमा रहेर सेवा दिने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्नेलाई कडा कारवाही गर्न सरकारसँग माग गरेको छ ।

तरुण दलले सोमबार विहान एक विज्ञप्ति जारी गर्दै चिकित्सक र स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारवाही गर्न माग गरेको हो।

‘यस्तो विषम परिस्थितिमा समाजको अग्रपंक्तिमा रहि जोखिमपूर्ण अवस्थामा पनि अनवरत रुपमा सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मी र अत्यावश्यक सेवा आपूर्तिकर्ता प्रति नेपाल तरुण दल केन्द्रीय समिति उच्च सम्मान प्रकट गर्दछ,’ ।

विज्ञप्तिमा भनिएको छ, ‘विगत केही दिन देखि लगातार रुपमा देशका विभिन्न स्थानमा स्वास्थ्यकर्मी लगाएत समाजको अग्रपंक्तिमा उभिएर सेवा प्रदान गर्ने पेशा, समुदाय प्रति हुँदै आएको दुव्र्यवहार अपहेलाना र आक्रमण प्रति नेपाल तरुण दल केन्द्रीय समितिको गम्भीर ध्यानाकर्षण भएको छ।’

तरुण दलले कोरोना महामारीमा अग्रपंक्तिमा रहेका सेवाकर्मीको मनोबल वृद्धि हुने कार्य अघि बढाउनका सरकारसँग माग गरेको छ।