logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

निजी अस्पताललाई कोरोना अस्पताल बनाउन कांग्रेसको माग


अंकुरण खबर
1.339K
Shares

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि तत्काल निजी अस्पताललाई पनि कोरोना अस्पतालको रुपमा रुपान्तरण गर्न माग गरेको छ ।

सहमहामन्त्री प्रकाश शरण महतको संयोजकत्वमा गठित कोभिड–१९ अनुगमन समितिले सरकारलाई योजना विहीन अवस्थाबाट बाहिर निस्कदै निजी अस्पताललाई कोरोना डेडिकेटेड अस्पताल बनाउन सुझाव दिएको हो ।

कांग्रेसले कोरोना संक्रमणलाई नियन्त्रण गरी नागरिक जीवन सहज पार्ने ठोस अल्पकालिन र दीर्घकालीन योजना सार्वजनिक गर्न, अस्पतालहरुमा आवश्यक अक्सिजनको पूर्ण सुनिश्चितता र भेन्टीलेटरको व्यवस्था गर्न, विमाको व्यवस्था गर्न माग गरेको छ ।

समितिले चिकित्सक तथा स्वास्थ्यकर्मीहरु माथि हुने गरेको दुव्र्यवहार र भौतिक आक्रमण रोक्न तत्काल कदम चाल्न सुझाव दिएको छ । समितिले शैक्षिक वर्ष खेर नजाने गरी उच्च शिक्षा तहको परिक्षा वैकल्पिक विधि अपनाएर भए पनि परिक्षा संचालन गर्न सुझाव दिएको संयोजक डा. प्रकाशशरण महतले बताए ।