logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मुखर्जीको निधनमा दुख व्यक्त गर्दै प्रधानमन्त्री ओलीले भने – नेपालले ठुलो साथी गुमायो


अंकुरण खबर
884
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधनमा दुख व्यक्त गरेका छन् ।

सामाजीक संजालबाट प्रधानमन्त्री ओलीले मुखर्जीको निधनबाट नेपालले एक ठुलो साथी गुमाएको बताएका छन् ।

उनले नेपाल(भारत सम्बन्धलाई बलियो बनाउन उनले खेलेको भूमिका सधै सम्झिने बताएका छन् । प्रधानमन्त्री ओलीले मुखर्जीको निधनमा भारत सरकार, भारतीय जनता र परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् ।

मुखर्जीको सोमबार अपराहन्न दिल्लीस्थित सैनिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

कोरोना संक्रमित समेत रहेका पूर्व राष्ट्रपति मुखर्जीको श्रावण २६ गते मस्तिष्कमा रगत जमेको पाइएपछि अप्रेशन भएको थियो । त्यसपछि उनको भेन्टिलेटरमा उपचार भइरहेको थियो ।