logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

परिवारको सदस्यमा कारोना पुष्टि भएपछि स्वास्थ्यमन्त्री ढकाल क्वारेन्टाइनमा


अंकुरण खबर
754
Shares

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकाल होम क्वरेण्टीनमा बसेका छन् ।

उनका छोरालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि मन्त्री ढकाल घरमै क्वरेण्टीनमा बसेका हुन् । उनको निजी सचिवालयका अनुसार मन्त्रीसहित सपरिवार नै होम क्वरेण्टीनमा बसेका छन् ।

मन्त्री ढकालका छोरा बैंकमा कार्यरत थिए । कोरोना भाइरसको सङ्क्रमण भएका मन्त्री ढकालका छोरा पनि होम आइसोलेशनमा रहेको उनको निजी सचिवालयले जनाएको छ ।