नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको पहिरो पीडितको तत्काल उद्दार गरी अस्थायी बसोबासको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
सभापति देउवाले एक विज्ञप्ती जारी गर्दै पहिरोमा बेपत्ता भएकाहरुको तीब्रताका साथ खोजी गर्न, घाइतेहरुलाई उपचारको प्रबन्ध गर्न तथा पीडितका परिवारलाई अति आवश्यक सामग्रीहरु खाद्यान्न लत्ता कपडा भाँडाकुँडा र औषधिको व्यवस्थापन गर्न माग गरेका हुन्।
गएराति गएको बाह्रबिसे–७ घुम्थाङमा पहिरोमा पुरिएर नौ जनाको मृत्यु भएको छ भने अझै २२ जना बेपत्ता रहेका छन्। देउवाले सिन्धुपाल्चोकमा पटक पटक पहिरोले ठूलो क्षति गरेको भन्दै भूगर्भविदहरुले औंल्याएका जोखिमका वस्ती स्तान्तरण गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्।
साथै उनले आफ्ना नेता तथा कार्यकर्तालाई पीडितको उद्धार र राहतको लागि सक्रियताका साथ लागि पनै आग्रह गरेका छन्।