logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सरकारसँग रेशम चौधरीलाई रिहाईको माग गर्दै जसपा नेपाल


अंकुरण खबर
1.95K
Shares

जनता समाजवादी पार्टी नेपालले जेलमा रहेका आफ्ना नेता रेशम चौधरीलाई रिहाईका लागि सरकारसँग माग गरेको छ ।

जसपाका अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरले आज एक विज्ञप्ति जारी गरी मधेश तथा थरुहट आन्दोलनमा सहभागी भएका केही नेता तथा कार्यकर्तामाथि सरकारद्धारा मुद्दा चलाउने धान, सम्पत्ति रोका गर्ने, थुनामा राख्ने कार्य अझै जारी रहेको दावी गर्दै त्यस्तो कार्य बन्द गर्न आग्रह गरिएको छ ।

जेलमा रहेका जसपा नेपालका नेता रेशम चौधरीलगायतका नेता तथा कार्यकर्तामाथि सरकारले लगाइएका मुद्दाहरु खारेज गरी चौधरीलाई रिहा गर्न माग गरेको छ ।

जनआन्दोलन, सशस्त्र विद्रोह, जनयुद्ध तथा मधेश आन्दोलन र थरुहट आन्दोलन लगायतका विभिन्न संघर्ष एवं बलदानीका कराण देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको जसपा नेपालको विज्ञप्तिमा उल्लेख छ ।