logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेयमारलाई दुई खेलमा प्रतिबन्ध


अंकुरण खबर
2.873K
Shares

ब्रजिलियन फुटबल फरवार्ड नेयमार जुनियरलाई दुई खेलमा प्रतिबन्ध लगाइएको छ।

पछिल्लो खेलमा लिग १ मा मार्सेल्लीका अल्वेरो गोन्जालेजसँग झगडापछि खेलबाट बाहिरिएका उनलाई दुई खेलमा प्रतिबन्ध लागेको हो।

उनको खेल जीवनमा यो पाँचौं रातो कार्ड हो। उनले खेलपछि बाहिरिँदै गोन्जालेजलाई लगाएको रंगभेदबारेको आरोपबारे अध्ययन हुने फ्रान्सेली फुटबल अथोरेटीले बताएको छ।

गत आइतबार रातिको खेलमा रातो कार्ड खाँदै नेयमारसँगै बाहिरिएका अन्य ४ खेलाडीले समेत खेलबाट प्रतिबन्ध भोगेका छन्। जसमा पेरिस सेन्ट जेर्मेन (पीएसजी)का डिफेन्डर लम्विन कुर्जवा भने ६ खेलका लागि प्रतिबन्धमा परेका छन्।

त्यस्तै अर्का खेलाडी लिअन्द्रो परेडेस दुई खेलका लागि प्रतिबन्धमा परेका छन्। यता मार्सेल्लीका जोर्डन अमावीले तीन खेलको प्रतिबन्ध भोगेका छन् भने डारियो बेनेडिट्टोले एक खेलमा प्रतिबन्ध भोगेका छन्।

लिग डि फुटबल फ्रोफेसनल (एलएफपी)ले नेयमारको आरोपबारे अध्ययन हुने बताएको छ। तर गोन्जालेजले नेयमारको आरोपको खण्डन गर्दै ‘ब्याड लुजर’ को संज्ञा दिएका छन्।

पीएसजीले आफ्ना खेलाडीलाई दह्रो सपोर्ट गर्ने बताएको छ।