logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

शङ्कास्पद मृत्युको कोरोना परीक्षण नगर्ने निर्णय फिर्ता लिन कांग्रेसको माग


अंकुरण खबर
793
Shares

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शङ्कास्पद मृत्यु भएका व्यक्तिको कोरोना परीक्षण नगर्ने सरकारको पछिल्लो निर्णय तत्काल फिर्ता लिन माग गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार विज्ञप्तिमार्फत शङ्कास्पद मृत्यु भएका व्यक्तिको कोरोना परीक्षण गरिनु झनै आवश्यक रहेको जनाउँदै आफ्नो परिवारका सदस्यको ज्यान जानुको वास्तविक कारण थाहा पाउनु नागरिकको अधिकार भएको बताएका छन् ।

परीक्षणबाट मृतकमा सङ्क्रमण पुष्टि भए निकटका रहेकाको परीक्षण गरेर अरुलाई बचाउने सकिने जनाउँदै पार्टीले शङ्कास्पद मृत्युको परीक्षणबाट रिपोर्ट नेगेटिभ आए मृत्युपछिको एक अर्को मानसिक तनावबाट परिवारजन मुक्त हुन सक्ने स्पष्ट गरेको छ ।