logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कालापानीबाट भारतीय सेना हट्नुपर्छ : परराष्ट्रमन्त्री ज्ञवाली


अंकुरण खबर
767
Shares

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतसँगको सीमा विवाद कूटनीतिक संवाद र छलफलबाटै समाधान गरिने बताएका छन्।

प्रेस संगठन नेपाल, रुपन्देहीले शुक्रवार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले नेपाल कुनै छिमेकी मुलुकतिर नढल्किने स्पष्ट पार्दै सीमा समस्या समाधानलगायत विषयमा प्रधानमन्त्रीस्तरमा भारतसँग चारपटक फोन संवाद भएको जानकारी दिए।

भारतले अतिक्रमण गरेको भूभाग फिर्ता लिन नयाँ नक्शा जारी गरेपछि थप ऊर्जा थपिएको बताउँदै उनले भने, ‘निश्चित प्रयोजनका लागि वर्षौँ पहिले बसेका भारतीय सेना अब हट्नुपर्छ। उसले नेपाललाई आफ्नो भूभाग उपयोग गर्न दिनुपर्छ।’

सरकारका प्रवक्ता  समेत रहेका ज्ञवालीले भारतले अतिक्रमण गरेको कालापानी, लिम्पियाधुरालगायत क्षेत्र फिर्ता गराउन ग भारतसँग छिट्टै वार्ता हुनेसमेत विश्वास व्यक्त गरेका छन्। रासस