नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पतालबाट घर फर्केका छन् ।
चार दिन अस्पतालको आइसोलेसनमा बसेका कोइराला शनिबार अपरान्ह निवास फर्केका हुन् । कोइरालाले डाक्टरको सल्लाह अनुसार घरमै आइसोलेशनमा बस्ने जानकारी दिए ।
कोरोना संक्रमित कोइरालालाई ज्वरो बढेपछि मंगलबार राति चाबहिलस्थित ओम अस्पतालमा भर्ना गरिएको थियो।
भदौ २३ मा कोरोना संक्रमण पुष्टि भएका कोइरालाको स्वास्थ्य अवस्था सामान्य रहेको छ।