logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आइपिएल क्रिकेट : सन्दीप आबद्ध दिल्लीको खेल आज


अंकुरण खबर
1.131K
Shares

शनिबारदेखि यूएईमा सुरु भएको इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत आज बेलुका पनि एक खेल हुँदै छ ।

बेलुका पौने ८ बजे सुरु हुने खेलमा दिल्ली क्यापिटल्सले किङ्स ११ पञ्‍जाबको सामना गर्दै छ ।

दिल्ली क्यापिटल्समा नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने पनि आबद्ध रहेका छन् । उनले यसअघि पनि दुई सिजन दिल्लीबाट खेलिसकेका छन् ।

सन्दीपले हालसम्म आइपिएलमा ९ खेल खेलेका छन् जहाँ २१० बल बलिङ गरेर २९२ रन खर्चदैँ १३ विकेट हात पार्न सफल भएका छन् ।

आजको खेलमा उनी नियमित एघारमा पर्छन् कि पर्दैनन् भन्‍ने कुरालाई महत्वका साथ हेरिएको छ ।

चार विदेशी खेलाडी खेलाउन पाउने प्रावधान रहेको र दिल्लीमा उल्लेख्य मात्रामा उत्कृष्‍ट विदेशी खेलाडीहरु रहेकाले दिल्लीले कसलाई मैदानमा उत्रने मौका दिनेछ भन्‍ने कुराको चासो आम खेलप्रेमीहरुले लिएका छन् ।