सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज पनि बस्दै छ ।
पेरिसडाँडास्थित पूर्वमाओवादीको केन्द्रीय कार्यालयमा आज दिउसो १ बजे बस्ने बैठकमा मन्त्री हेरफेर र राजनीतिक नियुक्तिका विषयमा छलफल हुने भएको छ ।
आजको बैठकले आइतबार छलफल भएका तर निर्णय हुन नसकेका विषयमा निर्णय लिन सक्ने एक नेताले जानकारी दिए ।
आइतबारको बैठकमा मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक तथा राजनीतिक नियुक्ति, सांगठनिक एकीकरणका बाँकी काम र केन्द्रीय कमिटी तथा स्थायी कमिटीमा पदपूर्ति गर्नेसहितका चार एजेन्डामा छलफलमा भएका थिए ।
चार एजेन्डामध्ये मन्त्री हेरफेरको विषयले हिजोको बैठकमा प्राथमिकता पाएको थियो । विभिन्न मापदण्डमाथि छलफल भए पनि मूर्त हुन बाँकी छ । आजको बैठकमा यो विषयले प्राथमिकता पाउने भएको छ ।
सचिवालयको छलफलअनुसार कम्तीमा एक दर्जन मन्त्री फेरिन सक्ने नेताहरूको बुझाइ छ ।