logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक असोज १९ गते


अंकुरण खबर
2.652K
Shares

नेपाली कांग्रेसले केन्द्रीय कार्य समितिको बैठक असोज १९ गतेका लागि बोलाएको छ।

पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन, ललितपुरमा बस्ने बैठकमा आगामी १४ औं महाधिवेशनको तयारी सन्दर्भमा छलफल हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा सोमबार जारी विज्ञप्तिमा जनाइएको छ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई उपस्थित हुन भनिएको छ।

बैठकमा सहभागी हुनेको असोज १५ गते केन्द्रीय कार्यालयमा पीसीआर परीक्षण गरिनेछ।