logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जनपक्षीय माग पूरा गर्न नसके कमसेकम सत्याग्रहीलाई सम्मान गर्न त सिक : बाबुराम


अंकुरण खबर
832
Shares

जनता समाजवादी पार्टी नेपालका नेता डा बाबुराम भट्टराईले डा गोविन्द केसीमाथि प्रहरीले गरेको दुव्र्यवहारको विरोध गरेका छन् ।

उनले निरंकुश पञ्चायती शासन जस्तो व्यवहार भएको भन्दै सत्याग्रही माथि सम्मान गर्न आग्रह गरेका छन् ।

‘यो राजाको निरंकुश पञ्चायती शासन हो की ओलीको ‘कमाउनिस्ट’ शासन हो ? डा केसीका जनपक्षीय माग पूरा गर्न नसके कमसेकम सत्याग्रहीलाई सम्मान गर्न त सिक ,’ जनता समाजवादी पार्टीका वरिष्ठ नेता समेत रहेका भट्टराईले ट्विटरमा लेखेका छन्, ‘स्वास्थ्य क्षेत्रको सुधारनिम्ति डा केसीले मात्र लड्नुपर्ने स्थितिको अन्त्य गरौं’ ।

२९ भदौदेखि जुम्लाको रानीचौरस्थ्ति बाबिरामष्ट मन्दिरमा १९ औं अनसन बसेका केसीको स्वास्थ्यमा समस्या आएपछि काठमाडौं ल्याइएको थियो ।

जुम्लामा अनसरत डा केसी मंगलबार काठमाडौं आइपुगे लगत्तै प्रहरीले जबरजस्ती राष्ट्रिय ट्रमा सेन्टरमा पुर्‍याएको थियो । केसी त्रिवि शिक्षण अस्पताल जान चाहेको भएपनि प्रहरीले ट्रमा सेन्टर लगेका थिए ।