logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेस महामन्त्री कोइराला कोरोना संक्रमणमुक्त


अंकुरण खबर
1.183K
Shares

कांग्रेस महामन्त्री डाक्टर शशांक कोइराला कोरोनामुक्त भएका छन्।

बिहीबार बिहान गरिएको पीसीआर परीक्षणमा महामन्त्री कोइरालाको रिपोर्ट नेगेटिभ आएको उनका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए।

महामन्त्री कोइराला आफैले पनि सामाजिक सञ्जालमार्फत आफू कोरोनामुक्त भएको जानकारी दिँदै चिकित्सकको सल्लाहअनुसार अझै केही दिन होम आइसोलेसनमा बस्ने र त्यसपछि पार्टीको नियमित काममा फर्किने बताएका छन्।

कांग्रेस महामन्त्री कोइरालालाई गत भदौ २३ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा पीसीआर परीक्षण गराउँदा उनमा कोरोना पुष्टि भएको थियो।

कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका महामन्त्री कोइराला स्वास्थ्यमा समस्या देखिएपछि भदौ ३१ गते ॐ अस्पताल भर्ना भएका थिए। कोइरालालाई नरम खालको निमोनिया र ज्वरो देखिएको अस्पतालले जनाएको थियो। उनी असोज ३ गते अस्पताबाट डिस्चार्ज भई चिकित्सकको सल्लाहमा होम आइसोलेसनमा बसेका थिए।