logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ललितपुरका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
1.001K
Shares

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनमा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि महर्जन ललितपुरको बखुण्डोलस्थित आफ्नै घरमा आइसोलेसनमा बसेका छन् । स्वास्थ्यमा समस्या भएपछि पीसीआर परीक्षण गरिएकोमा आज आएको नतिजामा कोरोना संक्रमण पोजेटिभ पाइएको हो ।

महर्जन बिहीबारसम्म कोरोना संक्रमितको घरघरमा पुगेर आवश्यक सामग्री वितरण र विभिन्न कार्यक्रममा सहभागी भएका थिए । उनमा संक्रमण देखिएपछि आफ्नो सम्पर्कमा आएका सबैलाई सचेत रहन महर्जनले आग्रह गरेका छन् ।

यसअघि काठमाडौं उपत्यकाका मेयर विद्या सुन्दर शाक्यमा पनि संक्रमण पाइएको थियो । उनी कोरोना मुक्त भएर घर फर्किसकेका छन् ।