logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आईपीएलमा सन्दीप सम्मिलित दिल्ली क्यापिटल्सको खेल आज साँझ हुने


अंकुरण खबर
1.664K
Shares

इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज राति नेपाली लेगस्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्ससँग खेल्दैछ ।

खेल दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा नेपाली समय अनुसार बेलुका पौने ८ बजे सुरु हुनेछ ।

दिल्ली लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ । तेस्रो खेल खेल्न लागेको चेन्नई दोस्रो जित निकाल्ने दाउमा छ । दिल्लीले पहिलो खेलमा किंग्स इलेभेन पन्जाबलाई सुपर ओभरमा हराएको थियो ।

महेन्द्रसिंह धोनीको कमानीमा मैदान उत्रिन लागेको चेन्नईले पहिलो खेलमा मुम्बई इन्डिन्सलाई ५ विकेटले तथा दोस्रो खेलमा राजस्थान रोयल्ससँग १६ रनले पराजित भएको थियो ।

पहिलो खेलमा बेन्चमा रहेका नेपाली स्पिनर सन्दीपले दोस्रो खेलमा मौका पाउँछन् की पाउँदैनन् त्यो भने हेर्न बाँकी छ।