logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नागार्जुन नगरपालिकाकी उपमेयर शुशिला अधिकारीलाई कोरोना संक्रमण पुष्टि,


अंकुरण खबर
962
Shares

नागार्जुन नगरपालिकाकी उप मेयर शुशिला अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्यमा सामान्य समस्या भएपछि अधिकारीको बिहिबार पीसीआर परीक्षण गरिएकोमा शुक्रबार(आज)आएको नतिजामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि अधिकारी अहिले आफ्नै घरमा आइसोलेसनमा बसेकी छिन् ।

उपमेयर अधिकारी नगरपालिकाका विभिन्न काममा खटिएकाले आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गराउन र सचेत रहन  आग्रह गरेकी छिन् । अधिकारीले अहिले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जनाएकी छिन् ।

केही समय अघि नगरपालिकाका मेयर मोहन बहादुर बस्नेत र वडा नं ६ का वडा अध्यक्ष राजेन्द्र बुढाथोकीलाई पनि कोरोना संक्रमण भएको थियो । अहिले उनीहरु कोरोना मुक्त भएर घर फर्किसकेका छन् ।