logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आईपीएलमा आज मुम्बई र बैंगलोर भिड्दै


अंकुरण खबर
689
Shares

आईपीएल क्रिकेटमा आज साविक विजेता मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुँदैछ ।

मुम्बई र बैंगलोरबीचको खेलसाँझ ७ बजेर ४५ मिनेटमा युएईको दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा हुनेछ ।

मुम्बई रोहित शर्मा र बैंगलोर विराट कोहलीको कम्पानीमा मैदानमा उत्र्रदैछन । यसअघिका खेलमा एक हात र एक जित निकालेका दुबै टिम आज दोस्रो जितको खोजीमा हुनेछन् ।

पहिलो खेलमा चेन्नई सुपर किङ्ससँग ५ विकेटले पराजित मुम्बईले दोस्रो खेलमा कोलकत्ता नाइट राईडर्सलाई ४९ रनले हराएको थियो ।

पहिलो खेलमा सनराईजर्स हैदराबादलाई १० रनले हराएको बैंगलोर दोस्रो खेलमा किङ्ग इलाभेन पन्जाबसँग ९७ रनले पराजित भएको थियो ।