logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अष्ट्रेलियन राजदूतको राष्ट्रपति भण्डारीसँग विदाई भेटवार्ता


अंकुरण खबर
1.612K
Shares

नेपालका लागि अष्ट्रेलियाका राजदूत पेटर बडले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग विदाई भेटवार्ता गरेका छन् ।

आफ्नो कार्यकाल सकेर स्वदेश फर्कन लागेका राजदूतले आज राष्ट्रपति भण्डारीसँग राष्ट्रपतिको कार्यालय, शितलनिवासमा विदाई भेटवार्ता गरेका हुन् ।

उक्त अवसरमा राष्ट्रपतिले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्‍न गरेकामा राजदूत बडलाई बधाई दिँदै भविष्यमा नेपाल र अष्ट्रेलिया बीचको सम्बन्ध अझ सुदृढ हुने विश्‍वास व्यक्त गरेकी थिइन् ।