logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

क्यानले खेलाडीको वर्गीकरण परिमार्जन गर्ने


अंकुरण खबर
1.144K
Shares

नेपाल क्रिकेट संघ ‘क्यान’ले राष्ट्रिय क्रिकेट टिमका पुरुष र महिला खेलाडीको वर्गीकरण परिमार्जन गर्ने भएको छ ।

खेलाडी वर्गीकरणको चौतर्फी विरोधपछि क्यानले वर्गीकरण परिमार्जन गर्ने तयारी गरेको हो । क्यानले आज एक विज्ञप्ति प्रकाशित गर्दै खेलाडी वर्गीकरण निर्धारण समितिलाई टिमका कप्तान, प्रशिक्षकसँग छलफल गरेर सुझावसहितको नयाँ वर्गीकरण प्रतिवेदन बोर्ड बैठकमा पेश गर्न निर्देशन दिएको जनाएको हो ।

गत साता चितवनको भरतपुरमा भएको क्यानको बोर्ड बैठकले पुरुष तथा महिला खेलाडीको वर्गीकरण अनुमोदन गरेको थियो । त्यसमा असन्तुष्टि जनाउँदै क्रिकेट खेलाडी संघ नेपाल ‘सीप्यान’ ले पुनर्विचार गर्न आग्रह गर्दै ध्यानाकर्षण पत्र समेत बुझाएको थियो ।

क्यानले पुरुषतर्फ १८ र महिलातर्फ १९ खेलाडीको बर्गिकरण गरेको थियो ।