logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गगन थापालाई कोरोना संक्रमण


अंकुरण खबर
728
Shares

काँग्रेस केन्द्रीय सदस्य गगन थापालाई कोरोना संक्रमण भएको छ ।

१९ गतेबाट सुरु हुने केन्द्रीय समितिको बैठकअघि काँग्रेस पदाधिकारीसहित १ सय ५९ केन्द्रीय सदस्यहरुको पीसीआर परीक्षण गरिएको थियो । त्यस क्रममा थापाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

थापाले आफ्नो अवस्था सामान्य रहेको र घरमै आराम गरिरहेको बताएका छन् ।

थापाका ससुरासमेत रहेका काँग्रेस नेता अर्जुननरसिंह केसीमा पनि कोरोना पोजेटिभ देखिएको थियो ।