प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका बीच चलेको प्रदेश नम्बर ५ को प्रदेश सभा बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।
सभामुख पूर्ण घर्तीमगरले मंगलबार दिउँसो १२ बजे बस्ने गरी आजको बैठक स्थगित गरेका हुन् ।
आजको बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी दाङ राप्ती उपत्यका तोक्ने प्रस्ताव छलफलका लागि पेश गरेका थिए ।
छलफलमा केही सांसदले भाग लिए भने कांग्रेस सांसदले उभिएर विरोध गरिरहे । यसैबीच कांग्रेस सांसदले स्थायी राजधानी बुटवल नै राख्नुपर्ने माग गर्दै कुर्सी, टेबुल र माइक फुटाएका थिए ।