logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपाको सचिवालय बैठक बालुवाटारमा जारी


अंकुरण खबर
1.417K
Shares

नेपाल कम्युनिस्ट पाटी (नेकपा) को सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

मन्त्रिपरिषद पुनर्गठन, सरकारले गरेको सवैधानिक तथा राजनीतिक नियुक्ति, पार्टी एकताका बाँकी काम लगायतका एजेण्डामा छलफल शुरु भएको बालुवाटार स्रोतले जनाएको छ ।

अवश्यकताअनुसार मन्त्री हेरफेर गर्ने कि खाली रहेका मन्त्रालयमा मन्त्री मात्र पठाउने विषयमा आजको बैठकले टुङ्गों लगाउने बताइएको छ ।

अध्यक्षद्धय केपी शर्माअ‍ोली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ का बीचमा शुरुमा खाली रहेका तीनवटा मन्त्रालयमा मन्त्री पठाउने त्यसपछि बाँकी मन्त्रालयको विषयमा छलफल गर्ने सहमति गरेको स्रोतले जनाएको छ ।

पार्टीका महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्यहरु जनार्दन शर्मा र सुरेन्द्र पाण्डेलाई पार्टीले मन्त्रिपरिषद्का लागि सिफारिश गर्ने कुरा भएको छ । तर अर्थमन्त्रालयमा पौडेल जाने कि पाण्डे जाने विषयमा सहमित हुन सकेको छैन । सचिवालयको बैठकमा त्यस विषयमा पनि छलफल हुने बताइएको छ ।