संघीय सरकारका शिक्षामन्त्री गिरीराजमणि पोखरेलमा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्री पोखरेलका प्रेस सल्लाहकार सुनिल खड्काले आज कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।
उनका अनुसार पोखरेल शनिबार ज्वरो आउँदा अस्पतालमा भर्ना भएका थिए भने त्यहाँ स्वाब टेस्ट गराउँदा पोजेटिभ देखिएको थियो । उनले भने, ‘अहिले उहाँ उपचारमा हुनुहुन्छ । स्वास्थ्य अवस्था सामान्य रहेको छ ।’
शनिबार मात्रै पर्यटन मन्त्री योगेश भट्टराईमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।