logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कर्णाली प्रदेशको विवाद मिलाउन ओली-प्रचण्ड जुटे छलफलमा


अंकुरण खबर
1.274K
Shares

कर्णाली प्रदेशका बहुसङ्ख्यक सांसद मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध उभिएपछि प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले छलफलमा जुटेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भर्खरै सुरु भएको छलफलमा मुख्यमन्त्री शाहीविरुद्ध प्रदेशका १८ जना सांसदले अघि सारेको अविश्वासको प्रस्ताव फिर्ता गराउनेबारे कुराकानी हुने स्रोतले जानकारी दिएको छ ।

प्रचण्डले विवाद सल्ट्याउन ओलीलाई आग्रह गरिसकेका छन् । ओलीनिकट नेताहरूले पनि अहिले विवाद चर्काउने बेला नभएको र अविश्वासको प्रस्ताव फिर्ता लिन आग्रह गरिसकेका छन् । त्यसयता दुई अध्यक्षले आजै निर्देशन पठाउने तयारी गरेको पनि बुझिएको छ ।

यता माधव नेपाल पक्ष पनि अविश्वासको प्रस्तावबाट पछि हटिसकेको एक नेताले बताए । नेता नेपालले हिजै मुख्यमन्त्री सच्चिनुपर्ने र सांसदहरूले पनि अविश्वासको प्रस्ताव फिर्ता लिनुपर्ने बताउँदै निर्देशन दिइसकेका थिए ।