प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हुम्लामा चीनले नेपाली भूमि मिचेको निष्कर्ष निकाल्दै सरकारको धारणा सार्वजनिक गर्न माग गरेको छ ।
कांग्रेस केन्द्रिय सदस्य जीवनबहादुर शाही नेतृत्वको टोलीले गरेको स्थलगत अध्ययनको प्रतिवेदनले भूमि मिचिएको पुष्टि हुने आधार भएको कांग्रेसले बताएको छ ।
चीनको तर्फबाट सीमाना मिचिएको खवर बाहिर आएपछि सरकारले हतारोमा टिप्पणी गरेको आरोप पनि कांग्रेसले लगाएको छ ।
प्रवक्ता बिश्वप्रकाश शर्माले पार्टीको तर्फबाट शाहीको नेतृत्वमा असोज १४ गते लिमी लगायतका ठाउँमा स्थलगत अध्ययनका लागि गएकोमा टोलीले सीमा मिचिएको प्रतिवेदन बुझाएको बताए ।