logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पूर्वप्रधानमन्त्री खनाल अस्पताल भर्ना


अंकुरण खबर
715
Shares

सत्तारुढ दल नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना भएका छन् ।

रक्तचाप बढेपछि उनलाई ह्याम्स अस्पतालमा बुधबार दिउँसो करिब चार बजे भर्ना गरिएको हो ।

खनालका प्रेस संयोजक कृष्ण भट्टराईका अनुसार अहिले खनालको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको चिकित्सकहरुले बताएका छन् ।

तर घरमा आएपछि भेटघाटलगायतमा व्यस्त हुनुपर्ने अवस्था आउने भएकाले उनी बिहीबार साँझसम्म अस्पतालमै रहनु पर्ने चिकित्सकहरुको सुझाव लागू गरेको भट्टराईको भनाई छ ।

खनालले बुधबार बिहान ‘मर्निङ वाक’मा गएका बेला रक्तचाप बढेपछि असहज महशुस गरेका थिए ।

अस्पतालमा भर्ना हुनुअघि खनालको पीसीआर परीक्षणसमेत गरिएकोमा रिपोर्ट नेगेटिभ आएको छ ।