logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेसका सबै सांसदले दसैंभत्ता फिर्ता गर्ने


अंकुरण खबर
624
Shares

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दशैं भत्ता फिर्ता गर्न आफ्नो पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् ।

कांग्रेस संसदीय दलका नेतासमेत रहेका देउवाले संसद सचिवालयले दशैंभत्ता भनेर सांसदहरुको बैंक खातामा पठाइदिएको रकम फिर्ता गर्न निर्देशन दिएका हुन् ।

दशैं भत्ता फिर्ता गर्ने औपचारिक निर्णयसहितको विज्ञप्ति प्रकाशित हुने सचेतक पुष्पा भुसालले जानकारी दिइन् । दशै भत्ताको चौतर्फी विरोध भएपछि त्यसलाई फिर्ताको औपचारिक निर्णय गर्न पार्टी सभापति शेरबहादुर देउवाले प्रमुख सचेतक बालकृष्ण खाँडलाई निर्देशन दिएका थिए ।

संसदीय दलले निर्णय गरेर सबैको भत्ता फिर्ता गर्न सांसदहरुबाट नै आवाज उठेको थियो । सांसदट्ठय प्रकाशमान सिंह र डिला संग्रौलाले संसदीय दलबाट औपचारिक रूपमा निर्णय गर्न सुझाएका थिए ।

प्रमुख सचेतक खाँड, सांसदहरु प्रकाशमान सिंह र गगन थापाले दशैं भत्ता फिर्ता गर्ने जनाईसकेका छन् ।

प्रतिनिधि सभामा कांग्रेसका ६३ सांसद छन् । दसैं भत्तावापत संसद सचिवालयले प्रतिसांसद ६४ हजार ७० रुपैयाँ बैंक खातामा पठाइसकेको थियो ।