logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आलोचना भएपछि धमाधम दशैं भत्ता फिर्ता गर्दै सांसदहरु


अंकुरण खबर
819
Shares

मुलुक कोरोना भाइरस महामारीमा रहेको समयमा दशैं भत्ता लिएको भन्दै आलोचना भएपछि संघीय सांसदहरुले धमाधम भत्ता फिर्ता गर्न थालेका छन् ।

केही सांसदहरूले व्यक्तिगत रूपमा संघीय संसद सचिवालयलाई पत्र लेखेर नै भत्ता रकम फिर्ता गरेका छन् । केहीले नगद रकम संसद सचिवालयमा पुर्‍याएका छन् ।

राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना, कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँण, नेकपा सांसद लालबाबु पण्डित , नेकपाका नेता भीम रावल, कांग्रेस सांसद प्रकाशमान सिंह र गगन थापाले भत्ता रकम फिर्ता गरेका छन् । भत्ता फिर्ता गर्न कांग्रेस सभापति शेरबहादुर देउवाले सांसदहरुलाई निर्देशन दिइसकेका छन् ।

नेकपा सांसद नारायणकाजी श्रेष्ठ र जनार्दन शर्माले पनि भत्ता दिएकोमा विरोध जनाएका छन् । संसदमा प्रतिनिधित्व गर्ने केही पार्टीले भने दलको बैठक बसेर भत्ताको विषयमा निर्णय लिने जानकारी दिएका छन् ।

२०७६ सालदेखि सांसदहरूलाई र उनीहरूका स्वकीय सचिवहरूलाई दसैं भत्ता दिन थालिएको हो । उनीहरूले एक महिनाको पारिश्रमिक बराबरको रकम दसैं भत्ताबापत पाउने गरेका छन । सांसदको तलब ६५ हजार १ सय ७१ रुपैयाँ रहेको छ ।