चर्को आलोचना पछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का सबै सांसदले दसैं भत्ता बापत आएको रकम कोरोना कोषमा जम्मा गर्ने भएका छन् ।
संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधि सभाका सभामुख लगायतसँगको छलफल पछि नेकपाले यस्तो निर्णय गर्ने भएको हो ।
प्रधानमन्त्री ओलीले कोरोनाको यो विषम परिस्थितिमा पार्टी नेता तथा सबै सांसदहरुले दसैं खर्चबापतको भत्ता सरकारको कोरोनाको कोषमा जम्मा गर्ने निर्णय गरेकाले सादा ढंगले दसैं मनाउ पनि आग्रह गरेका छन् । यस बारेमा नेकपाले केहीबेरमा विज्ञप्ति सार्वजानीक गर्ने जनाईएको छ ।
नेकपाका प्रतिनिधिसभामा १७४ र राष्ट्रियसभामा ४६ गरी संघीय संसदमा नेकपाका २२० जना सांसद छन् ।