logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेस सांसदले फिर्ता गरे ४३ लाख २० हजार दशैं भत्ता


अंकुरण खबर
1.196K
Shares

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले आफ्ना सांसदको खातामा आएको दशैं भत्ता फिर्ता दिने निर्णय गरेको छ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले एक विज्ञप्ति जारी गर्दै पार्टीका सांसदको भत्तावापतको कूल रकम ४३ लाख २० हजार आठ सय १० रूपैयाँ फिर्ता दिने निर्णय गरिएको जानकारी दिए।

‘कांग्रेसबाट प्रतिनिधित्व गर्ने संघीय संसदका सदस्यलाई उपलब्ध गराइएको दसैं भत्तावापतको रकम कांग्रेसले फिर्ता गर्ने निर्णय गरेको छ,’ खाँणले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘४३ लाख २० हजार आठ सय १० रूपैयाँ जनताको उपचारका लागि संघीय संसद सचिवालयमार्फत नेपाल सरकारले स्थापना गरेको कोरोना कोषमा जम्मा गर्ने निर्णय गरिन्छ।’