logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सरकार विरुद्ध विप्लवले घोषणा गरे संघर्षका कार्यक्रम… (विज्ञप्ति सहित)


अंकुरण खबर
2.431K
Shares

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कोरोनाको महामारीमा पनि सरकारले जनतालाई स्वास्थ उपचार पाउने मौलिक अधिकारबाट बञ्चित गराएको भन्दै आपत्ति जनाएको छ ।

बुधबार पार्टी महासचिव चन्दले विज्ञप्ति जारी गर्दै कोरोनाको प्रभावले आक्रान्त जनतालाई राहत पु¥याउन भन्दा स्वास्थ्य परीक्षणजस्तो संवेदनशील र राज्यको न्यूनतम् दायित्वबाट सरकार पन्छिनु निकृष्ट र अमानवीय कुरा भएको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा सरकार र सम्बन्धित निकायको संरक्षणमा स्वास्थ्य सङ्कटलाई समेत पैसा कमाउने, भ्रष्टाचार गर्ने र धन कुम्ल्याउने माध्यमका रूपमा दुरुपयोग गरेको आरोप लगाइएको छ ।

चन्दले विज्ञप्ति मार्फत सबै नागरिकको कोरोना परीक्षण र संक्रमितको उपचार निशुल्क गर्न पनि माग गरेका छन् ।

चन्दले सरकारको वर्तमान काम कारवाही जनपक्षीय नभएको आरोप लगाउदै यही कात्तिक १५ गते कोणसभा, १७ गते पर्चा वितरण र २० गते विरोध जुलुस गर्ने कार्यक्रम रहेकाले सबैलाई सहभागि हुन पनि अपिल गरेका छन् ।