logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जसपा नेपालको संघीय परिषद अध्यक्षमा डा. बाबुराम भट्टराई, केन्द्रीय समिति ८ सय १ सदस्यीय


अंकुरण खबर
3.029K
Shares

जनता समाजवादी पार्टी नेपालले डा. बाबुराम भट्टराईलाई संघीय परिषद अध्यक्ष बनाएको

सोमबारदेखि बसेको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले डा. भट्टराईलाई संघीय परिषद्को अध्यक्ष बनाउने निर्णय गरेको हो

बैठकपछि हिजो पत्रकारहरुसँग कुरा गदै जसपाका नेता गंगानारायण श्रेष्ठले डा. भट्टराईलाई संघीय परिषद् अध्यक्ष बनाउने निर्णय भएको बताए

यस्तै बैठकले संघीय परिषद्सँगै सय सदस्यीय केन्द्रीय समिति समेत गठन गरेको त्यस्तै समग्र पार्टीको समायोजनको निम्ति समायोजन कार्यदल समेत बनाएको श्रेष्ठले बताए

त्यसबाहेक विधानलाई परिमार्जन गर्ने विधानमा आधारित नियमावली समेत पारित गर्ने काम बैठकले गरेको बैठकले कोभिड१९ रोकथाम तथा नियन्त्रणमा सरकारले उदासिनता देखाएको भन्दै विरोध समेत गरेको

यस्तै पार्टीका सांसदहरुले चाडपर्वमा कुनैपनि भत्ता नलिने भत्ता स्वरुप आउने रकम कोरोना पीडितको उपचारमा खर्च गर्ने निर्णय समेत बैठकले गरेको

यसबाहेक कैलालीबाट निर्वाचित सांसद रेशम चौधरी लामो समयदेखि जेलमा रहेकाले उनको रिहाइ पार्टीका अन्य नेता कार्यकर्ताहरु समेत विभिन्न झुठा मुद्दामा थुनामा रहेकोले रिहाइको माग गर्दै देशभर कार्यक्रम गर्ने निर्णय समेत बैठकले गरेको