दार्चुलाका थप ५० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा दार्चुलाको महाकाली नगरपालिकाका ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
दार्चुलाबाट पठाएका ८४ वटा नमुना परीक्षण गर्दा ५० जनामा संक्रमण देखिएको प्रयोगशालाका ईन्चार्ज ईश्वरी प्रसाद भूसालले बताए ।
योसँगै दार्चुलामा कोरोना संक्रमण हुनेको संख्या दुई सय ५० पुगेको छ । अहिलेसम्म कोरोनाबाट एकजनाको मृत्यु भएको छ ।