logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुग्यो


अंकुरण खबर
1.3K
Shares

कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

पछिल्लो पटक रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका-७ की ५७ वर्षीया महिलाको कोरोनाबाट मंगलबार राति मृत्यु भएको छ । उनको मृत्युपछि मात्रै कोरोना संक्रमण पुष्टि भएको हो ।

चौरजहारी नगरपालिकाको प्रयोगशामा पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको त्रिवेणी गाउँपालिकाका उपाध्यक्ष निर्मला विष्ट खड्काले जानकारी दिइन् ।

क्यान्सरपीडित उनको सोमबार नै स्वाब संकलन गरिएको थियो । चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारपछि उनी असोज २० गते गाउँ फर्किएकी थिइन् ।