नेपाली कांग्रेसले २०३४ सालदेखि गर्दै आएको चियापान यस वर्ष नहुने भएको छ ।
कोरोना भाइरस महामारीका कारण पार्टीहरुबीच आपसी सदभाव र मेलमिलाप बढाउनका लागि आयोजना हुँदै आएको कांग्रेसको चियापन नहुने भएको हो ।
२०३३ सालमा कांग्रेसका संस्थापक नेता तथा पूर्वसभापति बिपी कोइराला मेलमिलापको नीति लिएर स्वदेश फर्केका थिए । कोइरालाले २०३४ सालदेखि कोजाग्रत पुर्णिमाका दिनमा चियापान कार्यक्रमको सुरुवात गरेका थिए । त्यसयता कोजाग्रत पुर्णिमाका दिन हरेक वर्ष चियापान निरन्तर हुँदै आएको थियो ।
पर्वहरुको अवसरमा हार्दिकता साटासाट गर्न कांग्रेसले गर्दै आएको चियापान यस वर्ष कोरोनाका कारणले नहुने भएको हो ।
विगतमा पूर्व सभापतिहरुको निधन भएको वर्षमा शोकका कारण हुन नसकेको थियो । अन्य कारणले रोकिएको पहिलोपटक हो ।