logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आईपीएल क्रिकेटः बैंगलोर कोलकत्तामाथि आठ विकेटले विजयी


अंकुरण खबर
702
Shares

कोलकत्ता नाइट राइडर्सले दिएको झिनो लक्ष्य १३ ओभरमा भेट्दै रोयल च्यालेन्जर्स बैंगलोर इन्डियन प्रिमियर लिग (आईपीएल)को दोस्रो स्थानमा उक्लिएको छ ।

बुधबार राति शेख जायद क्रिकेट स्टेडियममा भएको खेलमा बैंगलोरले कोलकत्तालाई आठ विकेटले पराजित गरेको हो ।

टस जितेर पहिलो ब्याटिङ गरेकोको कोलकत्ताले दिएको ८५ रनको लक्ष्य बैंगलोरले १३ ओभर २ बलमा दुई विकेटको क्षतिमा पूरा गरेको हो ।

​बैंगलोरका लागि देवदूत पड्डीकल २५ र आरोन फिन्चले १६ रन जोडे ।

गुर्किरात सिंह २१ र कप्तान विराट कोहली १८ रनमा अविजित रहे । पहिलो ब्याटिङ गरेको कोलकत्ता बैंगलोरसामू निरिह देखियो ।

उसले २० ओभर खेल्दा ८ विकेट गुमाएर ८४ रन मात्र बनाउन सक्यो । कप्तान इयान मोर्गनले सर्वाधिक ३० रन बनाउँदा कोलकत्ताका लागि लक्की फर्गुसन १९, कुलदिप यादवले १२ र टम बानटनले १० रन बनाए । अन्य ब्याट्सम्यानले भने दोहोरो अंक जोड्न सकेनन् ।

​बैंगलोरका मोहमद सिराज ३, युजभेन्द्र चाहल २, नाभदिप शैनी र वासिङ्गटन सुन्दरले १/१ विकेट लिए । ​कोलकत्तामाथि सहज जित दर्ता गरेसँगै बैंगलोर तालिकाको दोस्रो स्थानमा उक्लिएको हो ।

बैंगलोरले १० खेलमा ७ जितसहित १४ अंक बनाएको छ । तालिकाको चौथो स्थानमा रहेको कोलकत्ताले १० खेलमा १० अंक जोडेको छ ।