logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

युरोपा लिगमा आर्सनलको विजयी सुरुवात


अंकुरण खबर
936
Shares

इंग्लिस क्लब आर्सनलले युरोपा लिग फुटबलमा विजयी सुरुवात गरेको छ ।

समूह चरणको पहिलो खेलमा गएराति अष्ट्रियन क्लब रापिड विएनलाई २–१ ले पराजित गर्दै आर्सनलले सुखद सुरुवात गरेको हो ।

रापिडको मैदानमा एक गोलले पछि परेको स्थिति उल्टाएर आर्सनलले जित निकालेको हो ।

खेलको ५१ औं मिनेटमा ट्याक्सीअरचिस फोन्टसले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । तर, ७० औं मिनेटमा डेभिड लुइजले गोल गर्दै आर्सनललाई १–१ गोलको बराबरीमा फर्काए ।

त्यसपछि खेलको ७४ औं मिनेटमा पिएरे एम्रिक औबामियाङले गोल गर्दै आर्सनललाई २–१ को जित दिलाए । जितसँगै समूह ’बी’ को आर्सनलले महत्वपूर्ण ३ अंक जोडेको छ । रापिडले भने हारबाट सिजनको सुरुवात गरेको छ ।

यसै समूहको अर्को खेलमा मोल्डेले डुनडाल्कलाई २–१ ले नै हराएको छ ।