logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपा कर्णाली प्रदेशको संसदीय दलको बैठक बस्दै


अंकुरण खबर
832
Shares

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशभित्र देखिएको विवाद सुल्झाउन आज नेकपा कर्णाली संसदीय दलको बैठक बस्दैछ ।

विवाद टुङ्ग्याउन नेकपा कर्णाली प्रदेशको संसदीय दलको बैठक बिहान ११ बजे बस्न लागेको हो ।

प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्ध आफ्नै दलका सांसदहरुले सरकार र दलको नेतृत्व प्रभावकारी रुपमा गर्न नसकेको भन्दै अविश्वासको प्रस्ताव दर्ता गरेपछि नेकपा कर्णाली भित्रको विवाद सतहमा आएको थियो ।

बैठकमा संसदीय दलमा पेस भएको मुख्यमन्त्रीसमेत रहेका दलका नेता महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुनेछ ।

केन्द्रले नै विवाद मिलाउने भने पनि निष्कर्ष नआएपछि विवाद फेरि प्रदेशमै पुगेको छ । तर असन्तुष्ट पक्षले मुख्यमन्त्रीले पेलेर गएको भन्दै आफूहरु बैठकमा सहभागी नहुने बताएका छन् ।

संसदीय दलमा नेकपा कर्णाली प्रदेशका सह-इन्चार्ज समेत रहेका सांसद यामलाल कँडेलको नेतृत्वमा १८ जना सांसदहरुले असोज २५ गते मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।