logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

होम आइसोलेसनमा रहेका संक्रमितको अस्पताल पुगेलगत्तै मृत्यु


अंकुरण खबर
793
Shares

संक्रमण पुष्टि भएपछि घरमै आइसोलेसनमा रहेका भरतपुरका एक संक्रमितको भरतपुरको सरकारी अस्पताल पुगेलगत्तै निधन भएको छ ।

अस्पतालका अनुसार भरतपुर महानगरपालिका–७ का ५७ वर्षीय पुरुषको बेलुकी सवा १० बजे निधन भएको हो । उनलाई राति १० बजे अस्पताल ल्याएर आईसीयूमा भर्ना गरिएको थियो ।

ती व्यक्तिलाई असोज २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । घरमै बसेका उनलाई खोकी, ज्वरो र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको अस्पतालले जनाएको छ ।

अहिलेसम्म कोरोना संक्रमणबाट चितवनका ४७ जनाको निधन भइसकेको छ । संक्रमण बढेसँगै जिल्लामा होम आइसोलेसनमा बस्ने बिरामीको संख्या अत्यधिक छ ।