logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

‘रअ’ प्रमुखलाई भेटेसँगै प्रधानमन्त्रीको सन्देशमा नयाँ नक्सा गायब


अंकुरण खबर
1.417K
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा जारी गरिएको दशैंको शुभकामना सन्देशमा नेपालको पुरानै नक्सा प्रयोग गरिएको छ ।

व्यापाक आलोचना भइरहेको प्रधानमन्त्री ओलीको ‘रअ’ प्रमुखसँगको भेटसँगै प्रधानमन्त्रीले नै पुरानै नक्सा प्रयोग गरिएको भन्दै सामाजिक सञ्जालमा व्यापक विरोध सुरु भएको छ ।

भारतीय गुप्तचर संस्था रअका प्रमुखसँग भेट भएलगत्तै प्रधानमन्त्रीले पुरानै नक्सा प्रयोग गर्नुलाई सामान्य त्रुटि मान्न नसकिने सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको टिप्पणी छ । नेकपा नेता तथा कानून विभाग प्रमुख खिमलला देवकोटाले प्रधानमन्त्रीको सन्देश रहेको तस्बिरसहित सामाजिक सञ्जालमा विरोध गरेका छन् ।

भारतले नेपाली भूभागसहितको राजनीतिक नक्सा जारी गरेपछि नेपालले पनि जवाफमा राष्ट्रिय एकतासहित लिम्पियाधुरासहितको नेपालको नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको थियो । उक्त नक्सालाई संविधान संशोधन गर्दै संघीय संसदले पास पनि गरिसके पछि पाठ्यपुस्तकमा प्रयोग गर्नबाट प्रधानमन्त्री ओलीले नै रोकेका थिए ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यसलाई सामान्य त्रुटि मान्न नसकिने तर्क गरेका छन् । उनले देशको संसदले पारित गरेको नक्सा अब नक्सामै असुरक्षित भएपछि जग्गा फिर्ता गर्ने अभियान जारी कि यहाँको नेतृत्वमा विसर्जन भनेर प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् । ‘लिम्पियाधुरारहित नेपालको नक्सा प्रयोगलाई सामान्य त्रुटि कसरी मानौँ सम्माननीय प्रधानमन्त्री ज्यू’, उनको प्रश्न छ ।