logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्रपतिले यसवर्ष विजयादशमीको टीका प्रदान नगर्ने

अंकुरण खबर
1.17K
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको विजयादशमीमा टीका प्रदान नगर्ने भएकी छिन् ।

कोरोना महामारीका कारण विगतका वर्षहरुमा झै टीका प्रदान गर्ने कार्यक्रम नहुने राष्ट्रपति कार्यालयले जनाएको छ ।

यस्तै महाअष्टमी र कोजाग्रत पूर्णिमाको अवसरमा विभिन्न शक्ति पिठहरूमा दर्शनार्थ सरिक हुनुहुने कार्यक्रम पनि स्थगित रहेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी महाअष्टमी र कोजाग्रत पूर्णिमाको अवसरमा विभिन्नि शक्ति पिठहरूमा दर्शनार्थ सरिक हुनुहुने साथै सम्माननीयज्यूले विजया दशमीको दिन इच्छुक महानुभावहरूलाई टीका प्रदान गर्नुहुने परम्परा रहेकोमा यस पटक विश्वइव्यापी महामारीको रूपमा फैलिएको नोबल कोरोनाभाइरस (कोभिड–१९) का कारण उक्त सबै कार्यक्रमहरू नहुने व्यहोरा जानकारीको लागि अनुरोध छ’, घिमिरेको विज्ञप्तिमा भनिएको छ ।