logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बुटवलमा थप एक ७५ वर्षीय कोरोना संक्रमित वृद्धको मृत्यु


अंकुरण खबर
858
Shares

बुटवलमा थप एक संक्रमितको मृत्यु भएको छ ।

कोरोना विशेष अस्पतालमा शनिबार बिहान तिलोत्तमा नगरपालिका–७ का ७५ वर्षीय वृद्धको मृत्यु भएको हो ।

कात्तिक ५ गते कोरोना पुष्टि भएका ती वृद्धलाई  कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो ।

उनको उपचारकै क्रममा शनिबार बिहान ७:४५ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए । योसँगै रूपन्देहीमा कोरोनाले मृत्यु हुनेको संख्या ६२ पुगेको छ ।