देशभरका विभिन्न अस्पतालमा कोरोना भाइरसबाट सक्रिय ३०७ जना बिरामीलाई आईसीयूमा राखिएको छ।
४६ हजार ५७ जना सक्रिय संक्रमित रहेकोमा ३०७ जनालाई उपचारका लागि आईसीयूमा राखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। त्यस्तै ७० जनालाई भेन्टिलेटरमा राखिएको छ।
मन्त्रालयका अनुसार ३२ हजार ८७३ संक्रमितहरु होम आइसोलेसनमै छन्।
हाल झापा, मोरङ, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, दाङ, रुपन्देही, बाँके, सुर्खेत र कैलालीमा ५०० भन्दा बढी सक्रिय संक्रमित छन्।