logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा एकै दिन थप १३ जना कोरोना संक्रमितको मृत्यु


अंकुरण खबर
741
Shares

नेपालमा एकै दिन थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ८ सय ४२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा २ हजार २ सय २५ भेटिएसँगै संक्रमितको संख्या १ लाख ५५ हजार २ सय ३३ पुगेको छ। कुल संक्रमितमध्ये ४६ हजार ५७ जना सक्रिय संक्रमित छन्।

कोरोनाको आशंकामा गत २४ घण्टामा १३ हजार ८ सय ४६ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै पिसिआर परीक्षण हुनेको संख्या १३ लाख ८० हजार ८ सय ६२ पुगेको छ।

हाल क्वारेन्टाइनमा ३ हजार ३ सय २२ रहेको मन्त्रालयले जनाएको छ।